Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

अर्थ प्लस
आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो

काठमाडौं, माघ १६ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ ।

अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २३ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१ पैसा छ ।

खुद प्रिमियम आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३३ करोड छ । खुद प्रिमियम आम्दानीका अलवा लगानीवापतको आम्दानी पनि बढेको छ ।

५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ छ भने विपत्ति कोष आकार २१ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा छ ।

सम्बन्धित समाचार