Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

घर निर्माणमा ६ महिनामा ३२ अर्ब कर्जा, कुल कर्जा ४ प्रतिशतले बढ्दा घरकर्जा साढे ९ प्रतिशत बढ्यो

घर निर्माणमा ६ महिनामा ३२ अर्ब कर्जा, कुल कर्जा ४ प्रतिशतले बढ्दा घरकर्जा साढे ९ प्रतिशत बढ्यो

घर निर्माणमा ६ महिनामा ३२ अर्ब कर्जा, कुल कर्जा ४ प्रतिशतले बढ्दा घरकर्जा साढे ९ प्रतिशत बढ्यो

काठमाडौं, २९ माघ। चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट घर निर्माणको लागि ३२ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह भएको देखिएकाे छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत साउनदेखि पुससम्ममा ३२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको हो।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले आवासीय घर निर्माणका लागि ३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा दिएका थिए। पुससम्ममा यस्तो कर्जा बढेर ३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो।

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४.२ प्रतिशतले बढ्दा आवासीय घर निर्माण कर्जा भने त्यसको दोब्बर बढेको छ। असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कुल कर्जा पुस अन्तिमसम्ममा ५० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

  • वाणिज्य बैंकहरुको मात्रै २६ अर्ब कर्जा लगानी

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले मात्रै २६ अर्ब ७७ करोड रुपैयाँ आवासीय घर कर्जा दिएका छन्। पछिल्लो समय बैंकहरुले घर निर्माणको लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउने भन्दै नयाँ नयाँ योजना सार्वजानिक गरिरहेका छन्। यसले गर्दा बैंकहरुको आवासीय घर कर्जा बढेको हाे।

पछिल्लो समय आवासीय घर कर्जामा राष्ट्र बैंकले पनि लचिलो नीति लिइरहेको छ। यसले गर्दा पनि बैंकहरु आवासीय घर कर्जामा आकर्षित भएका छन्।

  • एनआइसी एशिया बैंकले मात्रै १७ अर्ब बढायो

यस अवधिमा एनआइसी एशिया बैंकले मात्रै १७ अर्ब रुपैयाँ आवासीय घर कर्जा दिएको देखिएको छ। केन्द्रीय बैंकको तथ्याँक अनुसार गत असारसम्ममा ४४ अर्ब ३७ करोड रुपैयाँ आवासीय घर कर्जा दिएको बैंकले पुससम्ममा ६१ अर्ब ५५ करोड रुपैयाँ कर्जा दिएको छ।

यस्तै नबिल बैंकले ३ अर्ब ३ करोड कर्जा दिएको छ भने सिद्धार्थ बैंकले १ अर्ब ४८ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब ३३ करोड र एनएमबी बैंकले १ अर्ब ३ करोड कर्जा दिएको छ।

यता प्रभु बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको भने आवासीय घर कर्जा झनै घटेको छ।

सम्बन्धित समाचार