Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा  

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा  

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा  

२०८१,फागुन ४ गते
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ ।

कम्पनीका सचिव प्रकाश न्यौपानेका अनुसार कम्पनीले फागुन २५ गते आइतबार दियो महल धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत हुन आउने १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ कर सहित नगद लाभांश दिने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश वितरण गर्नको लागि आगामी फागुन १५ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।

सम्बन्धित समाचार