Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्, अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद होः अर्थमन्त्री महत

अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्, अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद होः अर्थमन्त्री महत

अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्, अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद होः अर्थमन्त्री महत

काठमाडौं, २९ माघ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधिका सबै सूचक सकारात्मक रहेको बताएका छन्। बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयमा बोल्दै उनले यस्ताे बताएका हुन्।

'जति पनि आर्थिक गतिविधिका सूचक छन्, ती सकारात्मक छन्’, उनले भने, ‘म अर्थमन्त्री हुनुअघि धेरै दायित्व सृजना भएको थियो, त्यो सल्टाउने काम भएको छ।’

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए। ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

त्यस्तै उनले ईभिमा सरकारले दिएको सहुलियतका कारण राजश्वमा दबाब परेको बताए।

सम्बन्धित समाचार