Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

 लामो समयपछि पानी पर्दा स्थानीय खुसि, हिउँदे अन्न बालि राम्रो हुने आशा

 लामो समयपछि पानी पर्दा स्थानीय खुसि, हिउँदे अन्न बालि राम्रो हुने आशा

अर्थ प्लस
 लामो समयपछि पानी पर्दा स्थानीय खुसि, हिउँदे अन्न बालि राम्रो हुने आशा

काठमाडौँ । मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै  खुसी भएका हुन् ।मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ । यससँगै जिल्लामा  बिद्युत सेवा पनि अवरुद्ध भएको छ । 

लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले  बताएका छन् । 

मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा  निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताएका छन् । 

कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन् । लामो समय देखि  पानी  नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ  मुगुका प्रमुख तेज बिक्रम मल्लले बताए ।

सम्बन्धित समाचार