Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

२०८१, फागुन २३ गते
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा १८ लाख १७ हजार १४८ जनाले कुल २ करोड २४ लाख ४६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ । कुल सदर १८ लाख ६ हजार ७६२ आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन ।

नेपाल माइक्रोले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ । 

 

सम्बन्धित समाचार