Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं। आइएमई लाइफ इन्सोरेन्सले आठौं साधरणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार