Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्री मनोज कुमार गोयल चयन

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्री मनोज कुमार गोयल चयन

अर्थ प्लस
एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्री मनोज कुमार गोयल चयन

बिहिवार, पौष २६ २०८०
एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८० पौष २६ गते, बिहिबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोयलज्यू को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट श्री मनोज कुमार गोयल र श्री जीवन कुमार कट्वाल निर्वाचित हुनु भएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट श्री उत्तम भ्लोन, श्री शिरिष कुमार मुरारका र श्री हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । FMO को तर्फबाट श्री निको पिलको सट्टामा श्री शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले श्री मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ । बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । 

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित समाचार