Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
अटो

आक्रमक नेटवर्क विस्तार गर्दै ‘सुपर शोको’ इभी, गैरीधारामा नयाँ शोरुम सञ्चालनमा

आक्रमक नेटवर्क विस्तार गर्दै ‘सुपर शोको’ इभी, गैरीधारामा नयाँ शोरुम सञ्चालनमा

आक्रमक नेटवर्क विस्तार गर्दै ‘सुपर शोको’ इभी, गैरीधारामा नयाँ शोरुम सञ्चालनमा

काठमाडौ, फागुन ३ । विद्युतीय बाइक तथा स्कुटर ब्रान्ड सुपर सोको नयाँ शोरुम नक्सालको गैरीधारामा सञ्चालनमा आएको छ । आक्रमक नेटवर्क विस्तार गर्दै आएको सुपर शोको नयाँ शोरुम उद्घाटन गरिएकाे छ ।

नेपालका लागि सुपर सोको आधिकारीक वितरक भि मोटो ग्रुपले बिहीवार एक कार्यक्रम गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, विरगंज, इनरुवा, इटहरी, बुटबल लगायतका स्थानमा सुपर शोकोको शोरुम सञ्चालन गर्दै आएको छ ।

ग्राहकको आकर्षण इलेक्ट्रीक स्कुटरमा बढ्दै गएको कारण ग्राहकहरुलाई गुणस्तरीय स्कुटर उपलब्ध गराउने उद्देश्यसहित नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सुपर शोकोले ४ भेरियन्टका इलेक्ट्रिक मोटरसाइकल र तीन मोडलका इलेक्ट्रिक स्कुटर विक्री गर्दै आएको छ ।

कम्पनीले १ लाख ९० हजार रुपैयाँको स्कुटरदेखि ५ लाख रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार