काठमाडौ, फागुन ३ । विद्युतीय बाइक तथा स्कुटर ब्रान्ड सुपर सोको नयाँ शोरुम नक्सालको गैरीधारामा सञ्चालनमा आएको छ । आक्रमक नेटवर्क विस्तार गर्दै आएको सुपर शोको नयाँ शोरुम उद्घाटन गरिएकाे छ ।
नेपालका लागि सुपर सोको आधिकारीक वितरक भि मोटो ग्रुपले बिहीवार एक कार्यक्रम गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, विरगंज, इनरुवा, इटहरी, बुटबल लगायतका स्थानमा सुपर शोकोको शोरुम सञ्चालन गर्दै आएको छ ।
ग्राहकको आकर्षण इलेक्ट्रीक स्कुटरमा बढ्दै गएको कारण ग्राहकहरुलाई गुणस्तरीय स्कुटर उपलब्ध गराउने उद्देश्यसहित नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
सुपर शोकोले ४ भेरियन्टका इलेक्ट्रिक मोटरसाइकल र तीन मोडलका इलेक्ट्रिक स्कुटर विक्री गर्दै आएको छ ।
कम्पनीले १ लाख ९० हजार रुपैयाँको स्कुटरदेखि ५ लाख रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
