Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित तीन जना सञ्चालकहरूको पद बहाली

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित तीन जना सञ्चालकहरूको पद बहाली

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित तीन जना सञ्चालकहरूको पद बहाली

आइतवार, चैत ३ २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् ।

सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरूलाई इन्स्योरेन्सको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार