Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

माघमा थपियो २२ अर्ब ९७ करोड सार्वजनिक ऋण, सरकारमाथि २३ खर्बको भुक्तानी दायित्व

माघमा थपियो २२ अर्ब ९७ करोड सार्वजनिक ऋण, सरकारमाथि २३ खर्बको भुक्तानी दायित्व

माघमा थपियो २२ अर्ब ९७ करोड सार्वजनिक ऋण, सरकारमाथि २३ खर्बको भुक्तानी दायित्व

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असारसम्ममा २२ खर्ब ९९ बराबर रहेको सार्वजनिक ऋण माघ मसान्तसम्म पुग्दा २३ खर्ब ८६ नाघेको हो।

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को माघ महिनामा २२ अर्ब ९७ करोड सार्वजनिक ऋण थपिएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रु २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाखबराबर रहेको सार्वजनिक ऋण माघ मसान्तसम्म पुग्दा २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ नाघेको हो।

अघिल्लो महिना (पुस मसान्तसम्म) २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख भुक्तानी दायित्व बाँकी रहेकोमा पछिल्लो माघ महिनामा २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ थपिएको हो ।

यसअघिको मौज्दात सावाँ ब्याज भुक्तानीमा ३८ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ खर्च गर्दै गर्दा सरकारले सोही महिना २२ अर्ब ९७ करोड ६ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

कूल ऋणमध्ये आन्तरिकतर्फ २२ अर्ब रुपैयाँ र बाह्यतर्फ ९७ करोड ६ लाख रुपैयाँ उठाइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा सरकारले आन्तरिक र बाह्य गरी कूल १ खर्ब ५५ अर्ब २४ करोड ७२ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । 

सोमध्ये साउनदेखि माघ मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ र बाह्यतर्फ २५ अर्ब १३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । तर, यसैअवधिमा सरकारले २ खर्ब २ अर्ब ४३ करोड ऋण लिएको छ ।

त्यसेगरी, चालु आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि सार्वजनिक ४ खर्ब रुपैयाँ बराबरको ऋण लिने जनाएको सरकारले अपेक्षित ऋण नपाउँदैगदा अर्कोतर्फ दायित्व समेत थपिँदै गएको छ । 

जसले स्रोतमाथिको दबाबका कारण बजेट घटाउनुपरेको सरकारले बताएको छ । आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोडको कूल बजेटबाट सरकारले २ खर्ब २१ अर्ब कटौती गरिसकेको छ ।

सम्बन्धित समाचार