Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अर्थतन्त्र

शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे?

शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे?

शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे?

काठमाडौं, ४ फागुन। शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । फागुन ४ गते, सुन तोलामा ६०० रुपैयाँ महंगिएको हो । यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

चाँदीको भाउ लगातार दोश्रो दिन वृद्धि भएको हो । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले उकालो लाग्दा एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार