Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता

अर्थ प्लस
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सलिको र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार संघमा रहेका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्नेछ।

सम्झौतापत्रमा सलिको इन्स्योरेन्सका नायब महाप्रबन्धक कवि राज पौडेल र संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन्। सम्झौता आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सका प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने, संघका पदाधिकारी तथा यातायात व्यवसायीहरूको उपस्थिती रहेको थियो ।

सम्झौताअनुसार, संघमा आबद्ध ट्रकहरूको व्यापक बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ। साथै, भविष्यमा कुनै पनि बीमा दाबी परेमा भुक्तानी प्रक्रिया थप सहज, सरल र छिटो हुने व्यवस्था मिलाइएको जनाइएको छ।

 

सम्बन्धित समाचार