काठमाडौँ, फाल्गुण ५ । नेपालमा चिनियाँ गाडी उत्पादक कम्पनी डोङफेड समुह अन्तर्गतको नामी इभी नेपाल ल्याउने तयारी भएको छ । नामी ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको ब्रान्ड हो । कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गर्दै यो गाडी उत्पादन गरेकाे हो ।
स्रोतका अनुसार डोङफेङ अन्तर्गतको ब्रान्ड नामी एमएडब्लू बृद्धिले ल्याउन लोगको हो । यस अघि गत नाडा अटो शोमा सेरेस गाडी भित्र्याएको कम्पनीले दुई महिनामा नेपाल ल्याउने तयारी गरेकाे हो । अहिले सेरेस इभी नेपालमा लोकप्रिय बन्दै गएको छ ।
पछिल्लो समय एमएडब्लु विद्यूतीय सवारी आक्रमक रुपमा भित्र्याउँदै आएको छ । एमएडब्लूले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान तथा पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सव ब्रान्ड डिपलका विद्युतीय कार नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
यस अघि नामी ब्रान्ड अन्य ठूला घरानाले समेत आखाँ लगाएको भएपनि यो गाडी नेपालमा भित्र्याउन एमएडब्लूले आधिकारीक वितरकमा नियुक्त भएको बताइएको छ
एक महिना अघि नामी ब्रान्डअन्तर्गतको ०१ विद्युतीय सवारी सार्वजनिक भएको थियो । क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन भएको यो गाडी लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम छ।
3C7#दुई ब्याट्री अप्सन ३१.४५ र ४२.३ किलोवाट आवर ब्याट्री अप्सनका साथ यो गाडी उत्पादन भएको छ । ७० किलोवाटको मोटर जडान रहेको यो गाडी चार सय बढी किलोमिटर रेन्ज दिने बताइएको छ । कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ।

१२.८ इन्चको कन्ट्रोल प्यान रहेका यो कारमा ब्लाइन्ड स्पर्ट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, लेन किपिङ असिस्ट, क्रुज कन्ट्रोल बिशेषता रहेको छ ।
