Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेको इन्सुरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

नेको इन्सुरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

अर्थ प्लस
नेको इन्सुरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै

काठमाडौं, वैशाख ५ । नेको इन्सुरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

यस लिलामीमा भाग लिन चाहने लगानीकर्ताले न्यूनतम दर १०० रुपैयाँ तोकेर प्रतिस्पर्धात्मक बोलकबोल पेस गर्नुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेको इन्सुरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्कीलगायतका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार