Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

युवालाई कृषिमा आकर्षित गर्न ‘पाइलट प्रोजेक्ट’ योजना ल्याईने

युवालाई कृषिमा आकर्षित गर्न ‘पाइलट प्रोजेक्ट’ योजना ल्याईने

अर्थ प्लस
युवालाई कृषिमा आकर्षित गर्न ‘पाइलट प्रोजेक्ट’ योजना ल्याईने

काठमाडौं, वैशाख १९ ।  सरकारले कृषिमा युवालाई आकर्षित गर्न पाइलट प्रोजेक्ट सुरु गर्ने  भनेको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा युवालाई आकर्षित गर्न भूमि कृषि सामग्री, बिमा खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने बताएका हुन्। ‘कृषिको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

त्यस्तै, पौडेलले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई धितोमा राखेर अन्य वित्तीय तथा अन्य सामग्रीको व्यवस्था गरिनुका साथै निर्यातमुखी कृषिलाई आधुनिकीकरण गर्दै कृषि उपजमा आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने पनि उनले बताएका छन्।

सम्बन्धित समाचार