Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

स्टार माइक्रो इन्स्योरेन्सको नाफामा ८९.१० प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी १९ पैसा मात्र

स्टार माइक्रो इन्स्योरेन्सको नाफामा ८९.१० प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी १९ पैसा मात्र

अर्थ प्लस
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा ८९.१० प्रतिशतको गिरावट, प्रतिशेयर आम्दानी १९ पैसा मात्र

काठमाडौँ, वैशाख २३ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवारान सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष खुद बीमा शुल्क आर्जन ७८२.६२ प्रतिशतले बढेको हो।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म ९३ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष खुद नाफा ८९.१० प्रतिशतले घटेको हो। कम्पनीको निर्जीवन बीमाकोषको आकार ५ करोड ९४ लाख रुपैयाँबाट करीब १७१ प्रतिशतले वृद्धि भएर१६ करोड १० लाख रुपैयाँ नाघेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी करीब ११० प्रतिशत बढे पनि खर्च २०२.५२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष झण्डै ४ करोड १९ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ८ करोड ७८ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ। त्यस्तै गत वर्ष २ करोड ८५ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको यस वर्ष ८ करोड ६४ लाख रुपैयाँ कुल खर्च भएको छ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २१ लाख ६४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा करीब साढे ४ लाख रुपैयाँ र महाविपत्ति कोषमा २ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १९ पैसा छ। गत बर्ष १ रुपैयाँ ७८ पैसा रहेको थियो।

सम्बन्धित समाचार