Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

अर्थ प्लस
हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

काठमाडौं, २६ वैशाख । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (वैशाख २६) गते अनुमति पाएको हो ।

जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रूपैयाँ छ । कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

सम्बन्धित समाचार