Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बैंकवित्त

लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न

काठमाडौ, २७ पुस । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा पौष २६, २०८० मा काठमाडौंमा सम्पन्न भएको छ । 

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । 

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार