Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल रिइन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह

नेपाल रिइन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह

अर्थ प्लस
नेपाल रिइन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह

काठमाडौं, वैशाख २८ । नेपाल रिइन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न आर्थिक वर्षहरुमा साधारण सभाबाट स्वीकृत भई वितरण गरिएका नगद लाभांश केही सेयरधनीहरुले बुझिलिएको नदेखिएको हुनाले कम्पनीले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

साथै कम्पनी ऐन, २०६३ को दफा १८२ तथा दफा १८३ ले व्यवस्था गरे बमोजिम लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले ५ वर्षसम्म पनि कुनै कानूनी व्यवस्था भएको हुँदा सो को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको कम्पनीको भनाई छ ।

तसर्थ हालसम्म नगद लाभांश भुक्तानी प्राप्त गर्न छुट सेयरधनी महानुभावहरुले खाता नखोलेको भएमा हितग्राही खाता खोली भौतिक शेयरहरु अभौतिकरण गर्न बाँकी भए अभौतिकरण गरी तथा हितग्राही खातामा सम्बन्धित बैंक खाता नम्बर अद्यावधिक गराई नगद लाभांश बुझि लिन अनुरोध गरेको छ ।

अन्यथा कम्पनी ऐनमा व्यवस्था भए बमोजिम नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । यस सम्बन्धमा थप जानकारीका लागि यस कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार