Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिटिजन लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक?

सिटिजन लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक?

अर्थ प्लस
सिटिजन लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं, वैशाख २९ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २०.६७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

यस्तै अघिल्लो आवमा ५ अर्ब २१ करोड रहेको कुल आम्दानी बढेर ६ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा २०.६७ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ९६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४ अर्ब ९३ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड १२ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार ७२ करोड २१ लाखबाट बढेर ९८ करोड ४५ लाख पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१९.१४ रुपैयाँ र पीई अनुपात ५२.१६ गुणा कायम भएको छ । 

सम्बन्धित समाचार