काठमाडौं, वैशाख २९ । सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससममको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत वर्षको यसै अवधिको तुलनामा १६.२१ प्रतिशतले बढीहो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.६४ प्रतिशतले घटेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १९ करोड ८५ लाख रुपैयाँबाट घटेर १३ करोड ५६ लाखमा झरेको छ ।
कम्पनीको कमिसनबाट हुने आम्दानी १६.२१ प्रतिशतले बढेर २७ करोड २ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर १५ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५८.३२ रुपैयाँ रहेको छ ।
