Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएलजी इन्सुरेन्सले कमायो १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा

एनएलजी इन्सुरेन्सले कमायो १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा

अर्थ प्लस
एनएलजी इन्सुरेन्सले कमायो १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा
काठमाडौं, वैशाख २९ । एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले  १३ करोड ६७ लाख रुपैयाँ कमाएको थियो । यो नाफा ९.७८ प्रतिशतले कम हो ।
 
कम्पनीको खुद बिमा शुल्क आम्दानी ३१.६६ प्रतिशतले बढेर ६६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । भने कमिसन आम्दानी पनि १७.४४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
 
कम्पनीको  लगानी तथा कर्जाबाट हुने आम्दानीमा २३.३० प्रतिशत गिरावट र दाबी भुक्तानी रकम पनि ३५.५३ प्रतिशतले बढेपछि खुद नाफामा कमी आएको छ ।
 
कम्पनीको चुक्ता पुँजी ६२.५६ प्रतिशतले बढेर २ अर्ब ५० करोड नाघेको छ ।  प्रतिसेयर आम्दानी  ५.९२ रुपैयाँले घटेर ६.५७ रुपैयाँमा सीमित भएको छ ।

सम्बन्धित समाचार