Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पूर्वीनाका हुँदै ४ करोड ६१ लाखको खरबुजा भित्रियो

पूर्वीनाका हुँदै ४ करोड ६१ लाखको खरबुजा भित्रियो

अर्थ प्लस
पूर्वीनाका हुँदै ४ करोड ६१ लाखको खरबुजा भित्रियो

काठमाडौँ, जेठ ९ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै ४ करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।

यस अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ भने स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको मेची भन्सार कार्यालयको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताएका छन् । 

विगतको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । 

भन्सारले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६० लाख ५० हजार मूल्य बराबरको २ लाख ३० हजार ८५० केजी, भदौमा  ४८ लाख ९८ हजार मूल्य बराबरको १ लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार मूल्य बराबरको १ लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै  नेपालमा आयात  भएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ भने नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर-१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार