Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

उचाइमा पुगेकाे सुनको मुल्य सस्तिदै, अमेरिकी डलरको विनिमयदर घट्ने बिश्लेषण

उचाइमा पुगेकाे सुनको मुल्य सस्तिदै, अमेरिकी डलरको विनिमयदर घट्ने बिश्लेषण

उचाइमा पुगेकाे सुनको मुल्य सस्तिदै, अमेरिकी डलरको विनिमयदर घट्ने बिश्लेषण

काठमाडौं, २७ पुस । याे साता सुन र चाँदीकाे भाउमा गिरावट देखिएकाे छ । साताभरमा सुन प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे । चाँदी पनि याे साता ताेलामा २० रूपैयाँले सस्तिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनकाे मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे । 

यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा कमी आउन सक्ने बिश्लेषकहरुको आँकलनका कारण सुनको मुल्यमा कमी आएको अनुमान छ ।

शुक्रबार विश्व बजारमा १० डलरले सुनकाे भाउ बढेर प्रतिअउन्स २ हजार ४० डलर बराबरमा काराेबार भइरहेकाे छ । अमेरिकी डलर कमजाेर हुँदा सन् २०२३ मा सुनकाे भाउमा उच्च रेकर्ड कायम गरेकाे छ। यद्धपी २,००० डलर आसपासमा काराेबार भइरहेकाे सुनकाे भाउ अब भने यस उचाइमा रहिरहने कुरामा विज्ञहरू शंका गरिरहेका छन् । विज्ञहरूले सुनकाे भाउ प्रतिअउन्स २,००० डलर भन्दा घट्ने भन्दै लगानीकर्ताहरूलाई चेतावनी दिइरहेका छन् ।

उचाइमा पुगेकाे सुन यस साता ताेलामा ९०० रूपैयाँले घट्याे

पुस दाेस्राे साता सर्वाधिक महंगाे भएकाे थियाे सुनकाे भाउ । पुस १२ गते, सुन प्रतिताेला एक लाख २२ हजार रूपैयाँकाे उचाइमा पुगेकाे थियाे । त्यसयता भने सुनकाे भाउ घटिरहेकाे छ ।

नेपाली बजारमा यो साता सुनको मुल्यमा कमी आयो । साताको पहिलो दिन आइतबार प्रतिताेला एक लाख १९ हजार ५०० रुपैयाँ रहेको थियाे । त्यसपछि भने सुनकाे भाउमा लगातार जसाे गिरावट भइरहेकाे छ । सुनकाे निरन्तर तीन दिन घटेकाे थियाे। साेमबारदेखि बिहीबारसम्म सुन ताेलामा एक हजार २०० रूपैयाँले घटेकाे थियाे । जुन शुक्रबार मात्र बढेकाे हाे ।

सुनको मुल्य साताको पछिल्लो कारोबार दिन, शुक्रबारसम्ममा घटेर एक लाख १८ हजार ६०० रूपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ताेलामा ९०० रुपैयाँले कम हो।

यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन, आइतबार प्रतितताेला एक हजार ४२० रुपैयाँ रहेको चाँदीको मुल्य शुक्रबार प्रतिताेला एक हजार ४०० रूपैयाँमा झरेकाे छ । यसरी साताभरी चाँदी ताेलामा २० रूपैयाँले सस्तिएकाे हाे ।

सम्बन्धित समाचार