Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा रिलायन्सको ‘दम्पती जीवन बिमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

सानिमा रिलायन्सको ‘दम्पती जीवन बिमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

अर्थ प्लस
सानिमा रिलायन्सको ‘दम्पती जीवन बिमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

काठमाडौं, जेठ ३१ । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । 

अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरूबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बिमा महत्त्वपूर्ण छनोट हुन सक्छ ।

नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बिमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बिमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बिमा’ योजना । 

किन आवश्यक छ ‘दम्पती जीवन बिमा’ योजना ? 

यो जीवन बिमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बिमा योजना निकै नै महत्त्वपूर्ण रहेको छ । यो बिमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ ।

एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्का र आश्रितको सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बिमालेख उपयुक्त छनोट हुन सक्ने छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ ।

योजनाको प्रमुख विशेषता 

यो योजना खरिद गर्ने बिमितले विभिन्न सुविधा पाउनेछन् । यो बिमालेख अन्र्तगत बिमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बिमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ । 

उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी  र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बिमा दम्पती जीवन बिमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । 

परिपक्ताको हकमा 

अब बिमालेख परिपक्कताको हकमा कुनै एक वा दुवै जना बिमित जीवित रहेमा बिमा अवधिको समाप्तिमा बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ ।

पूर्ण स्थायी अशक्तता

बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बिमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बिमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ ।

दुर्घटनाका कारण कुनै एक बिमितको पूर्ण स्थायी अशक्ततापछि बिमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बिमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बिमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ । 

दुर्घटना मृत्यु

बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमाङ्क जीवत बिमितलाई एकमुष्ट प्रदान गर्नेछ । बिमालेख अन्र्तगतको बाँकी प्रिमियम शुल्कमा छुटसमेत रहेको छ । बिमा समाप्तिमा पुनः बिमाङ्क र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ । 

दुर्घटनाका कारण कुनै एक बिमितको मृत्युपछि बिमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बिमितको पनि मृत्यु भएको अवस्थामा बिमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तान गरिने छ । 

प्राकृतिक मृत्यु 

बिमा अवधिभित्र बिमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बिमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमाङ्क र आर्जित बोनस एकमुष्ट पाउनेछन् । 

घातक रोग सुविधा बिमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बिमितलाई घातक रोगअन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ । 

बिमा योजना खरिद गर्नको लागि योग्यता

यो बिमा योजना  न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान/श्रीमतीको उमेर अन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बिमा योजनाको अवधि न्यूनतम् १५ वर्षदेखि  अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बिमा योजना अन्र्तगत बिमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् । बिमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बिमालेख खरिद गर्न सक्नेछन् । 

प्रिमियम भुक्तानी गर्ने तरिका 

यो योजना खरिद गर्ने बिमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बिमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 

जुनबेला पनि खरिद गर्न सकिने

जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुनुपर्ने आवश्यता छैन । बिमितले जतिबेला पनि खरिद गर्न सकिने छ । दम्पती जीवन बिमाको हकमा 
दम्पती जीवन बिमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बिमालेखमा श्रीमान्÷श्रीमतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बिमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ । 

यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बिमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बिमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ । 

बिमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ? 

सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बिमालेखहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बिमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ । साथै कम्पनीले  पारदर्शी र उत्कृष्ठ संस्थागत सुशासनबाट सञ्चालित रहेको हुँदा ढुक्क भएर सानिमा रिलायन्सको बिमालेख खरिद गरेर भविष्य सुरक्षित बनाउन सकिन्छ । 

सम्बन्धित समाचार