Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट दिने

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट दिने

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट दिने

काठमाडौं, असार ४ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा आकर्षक छुट दिने भएको छ । कम्पनीले यस्तो बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने भएको हो ।

व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने भएको छ ।

सम्बन्धित समाचार