Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

काठमाडौं, चैत ३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दीगो बैंकिङ विकासको गुणस्तर अभिवृद्धि गर्नका लागि आरबिबिएल  व्यवस्थापन सम्मेलन आयोजना गर्ने आयोजना गर्ने भएको छ । 

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले आगामी चैत ३ गते शनिबार काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो । 

नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुन लागेको सम्मेलनमा अर्थविद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्ने जनाइएको छ । 

कार्यक्रममा अर्थविद् डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने जनाइएको छ ।

सम्बन्धित समाचार