Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

अर्थ प्लस
नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौं, ४ चैत । नेरुडे मिर्मिरे लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र अनुसार शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौँ मार्फत मिति २०८० चैत ४ गते आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ ।

सम्बन्धित समाचार