Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

अर्थ प्लस
बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

काठमाडौं, ६ चैत । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको गुँरास लाइफको आर्थिक वर्ष २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लाग्ने कर बापतको रकम सेयरधनी स्वयम ले नै तिर्नुपर्नेमा केहि सेयरधनीहरुले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको हो । 

सम्बन्धित समाचार