Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आईपीओ निष्कासनको प्रस्ताव प्राधिकरणमा लैजादै सात लघुबीमा कम्पनी, स्वीकृती पाँउला त ?

आईपीओ निष्कासनको प्रस्ताव प्राधिकरणमा लैजादै सात लघुबीमा कम्पनी, स्वीकृती पाँउला त ?

अर्थ प्लस
आईपीओ निष्कासनको प्रस्ताव प्राधिकरणमा लैजादै सात लघुबीमा कम्पनी, स्वीकृती पाँउला त ?

काठमाडौं, ७ चैत । लघुबीमा व्यावसाय गर्न स्थापना भएका सात लघुबीमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् ।हाल सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीले वार्षिक साधारणसभा गरेर आईपीओको प्रस्ताव पारित गर्ने निर्णय गरिसकेका छन् ।

नेपाल बीमा प्राधिकरणमा कम्पनीले स्वीकृती लिएपछि मात्रै नेपाल धितोपत्र बोर्डमा प्रवेश गनुपर्ने व्यवस्था रहेको छ । केही समयअघि अर्थसमितिले तत्काल लघुबीमा कम्पनीलाई लाइसेन्स नदिन र प्रिमियम मूल्यमा आइपीओ नदिने बिषयमा पत्र समेत पठाईसकेको छ।

यो बिषयमा प्राधिकरणले तत्कालै कुनै निर्णय लिन भने नसक्ने देखिन्छ ।सो कारण पनि आइपीओ प्रस्ताव लिएर बीमा प्राधिकरणको ढोकामा पुगेपनि स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । तीन वटै कम्पनीको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

सम्बन्धित समाचार