Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

निर्जीवन बीमकहरुको नाफा २८ प्रतिशतले घट्यो, कुनको कति ?

निर्जीवन बीमकहरुको नाफा २८ प्रतिशतले घट्यो, कुनको कति ?

अर्थ प्लस
निर्जीवन बीमकहरुको नाफा २८ प्रतिशतले घट्यो, कुनको कति ?

काठमाडौं- निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१र८२ मा ४ अर्ब १६ करोड ३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीहरुले ५ अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

कम्पनीहरुले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सात कम्पनीको नाफा बढेको छ भने ६ कम्पनीको नाफामा गिरावट आएको हो । 

एक वर्षंको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३.६३ प्रतिशतले धेरै हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस समीक्षा अवधिमा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.९५ प्रतिशतले धेरै हो । शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १.६६ प्रतिशतले धेरै हो ।

सानिमा जिआइसी इनस्योरेन्सले ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १०.१३ प्रतिशतले धेरै हो । नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४.१८ प्रतिशतले धेरै हो ।

प्रभु इन्स्योरेन्सले यस अवधिमा २१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले धेरै हो । एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९ दशमलव ६६ प्रतिशतले धेरै हो ।एक कम्पनी घाटामा
समीक्षा वर्षको यस अवधिमा नेशनल इन्स्योरेन्स घाटामा रहेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा वर्षमा नेको इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा घटेको छ । यस समीक्षा वर्षमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६.७२ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको यसै अवधिमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीले यस समीक्षा वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि नाफा घटेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १२ प्रतिशतले घटेको हो ।

यता, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यस समीक्षा वर्षमा ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा २७ प्रतिशतले घटेको हो ।यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा अघिललो वर्षको तुलनामा १२ प्रतिशतले कमी हो । ओरिएन्टल इनसयोरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले घटेको हो ।

सम्बन्धित समाचार