Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

मुक्तिनाथ केबुलकार निर्माणमा ५५ अर्ब १८ करोडको लागत अनुमान

मुक्तिनाथ केबुलकार निर्माणमा ५५ अर्ब १८ करोडको लागत अनुमान

मुक्तिनाथ केबुलकार निर्माणमा ५५ अर्ब १८ करोडको लागत अनुमान

काठमाडौं, पुस २८ । कास्कीलाई मुक्तिनाथसँग जोड्ने केबुलकारको महत्वाकांक्षी परियोजनामा ५५ अब १८ करोड रुपैयाँ लागत आउने अनुमान छ । प्रवद्र्धक कम्पनी मुक्तिनाथ दर्शन प्रालिको वार्षिक साधारण सभामा सञ्चालक समिति अध्यक्ष अरुणकुमार सुवेदीले लगानीका लागि वित्तीय मोडल तयार भइरहेकाले परियोजना अघि बढ्नेमा विश्वास व्यक्त गरेका छन् ।

कम्पनीको शनिबार भएको वार्षिक साधारण सभामा उनले यो परियोजनाका लागि स्वपुँजी र कर्जा लगानीका लागि लामो समयदेखि सम्बद्ध पक्षहरुसँग विभिन्न चरणमा वार्ता हुँदै आएको बताए । ठेक्का तथा कर्जा व्यवस्थापनको सर्तसहित इपीसीएफ मोडलमा भारतको हैदराबादस्थित के एण्ड आर रेल इन्जिनियरिङसँग सम्झौता गर्नका लागि प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको जानकारी उनले दिए । 

सम्झौताका लागि विभिन्न सर्तहरु छन् । जसमा मुख्य सर्तहरुमा केबुलकार प्रणाली कम्पनीले स्वीकृत गरेको मात्र हुन पाउने, प्रणाली खरिदको मूल्य निर्धारणको वार्तामा कम्पनी पनि सहभागी हुने, कर्जा भारतीय रुपैयाँमा उपलब्ध हुनुपर्ने लगायत छ ।उक्त सर्त पुरा हुने अवस्थामा के एण्ड आर रेल इन्जिनियरिङ काम गर्न तयार रहेको अध्यक्ष सुवेदीले सभालाई जानकारी गराए । 

संस्थापक सेयरमा लगानीको हकमा सिंगापुरको एउटा कम्पनीले ५० प्रतिशत सेयर खरिद गर्नका लागि खरिद सम्झौताका लागि तयार रहेको पनि उनले बताए । ‘यसका आधारमा नेपाल भित्रबाट आइपीओबाहेक संस्थापक सेयरको ५० प्रतिशत मात्र जुटाउनु पर्ने स्थिति छ,’ उनले भने, ‘जुन कुल परियोजना लागतको ५।५ प्रतिशत हुन जान्छ । यसको समस्टिगत अर्थ कम्पनीले वित्तीय व्यवस्थापन लगभग पूर्ण गरेको मान्नुपर्ने हुन्छ । अब सरकारी पक्षबाट सबै प्रशासनिक प्रकृया पुरा गरिदिएमा र वैदेशिक लगानीको प्रकृया पुरा भएमा आगामी लगानी सम्मेलनमा लगानी सम्झौता गर्न कम्पनी तयार छ ।’

परियोजना निर्माण हुने क्षेत्रको अधिकांश जग्गाको बैना गर्ने कार्य सकिएको उनले गत वर्षकै वार्षिक साधारण सभामा नै अवगत गराएको बताए । ‘अब कम्पनीको नाममा जग्गा नामसारी गर्नुपर्ने अवस्था आएको छ । यसका लागि वित्तीय स्रोत व्यवस्थापनका लागि सबै सेयरधनी महानुभावहरुमा अनुरोध गर्दछु,’ उनले भने ।  विस्तृत परियोजना प्रतिवेदनका अनुसार केबुलकार निर्माणका लागि करिब  ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । 

सम्बन्धित समाचार