Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार

भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार

भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार

काठमाडौँ, पुस २८ ।  भाटभटेनी मेगा कार्निभलको विजेता घोषणा गरिएको छ । शुक्रबार एक विशेष समारोहका बीच विजेता घोषणा गरिएको हो । जसअनुसार भक्तपुरको मध्यपुर ठिमीकी शारदा राजवाहकले टाटाको टिगोर कार जितेकी छन् । भाटभटेनी सुपरमार्केटले गत अक्टोबर १४ देखि डिसेम्बर ३१  सम्म मेगा कार्निभल आयोजना गरेको थियो ।

अफरअनुसार दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरू लक्की ड्रमा सहभागी हुने अवसर दिइएको थियो ।   कार्निभलमा १८ लाखभन्दा बढी सहभागी र १८ लाख चिठ्ठामध्ये राजवहाकले कार जितेकी हुन् । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले ड्र टिपेका थिए भने मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेता घोषणा गरेका थिए । 

यसैगरी गुड ग्लाम ग्रुप विजेतामा अनामनगरका अजय रौनियार, टोखाका सुमित तामाङ र भक्तपुरकी मिठु सत्याल भए भने वासिङ मेसिन विजेतामा कलंक स्टोरका सक्षम मगर, कोटेश्वर स्टोरकी विष्णु माया कड्का, भक्तपुर स्टोरका सोभित थापा र टंगाल स्टोरकी ज्याती प्रजापती भए । 

Screenshot 2024-01-13 193404.png
Screenshot 2024-01-13 193414.png
Screenshot 2024-01-13 193431.png
Screenshot 2024-01-13 193441.png
Screenshot 2024-01-13 193450.png
Screenshot 2024-01-13 193502.png
Screenshot 2024-01-13 193513.png
Screenshot 2024-01-13 193521.png
Screenshot 2024-01-13 193535.png
Screenshot 2024-01-13 193551.png

सम्बन्धित समाचार