Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सेयर बजारमा गिरावटको क्रम जारी, ५.७७ अंकले घट्यो

सेयर बजारमा गिरावटको क्रम जारी, ५.७७ अंकले घट्यो

अर्थ प्लस
सेयर बजारमा गिरावटको क्रम जारी, ५.७७ अंकले घट्यो

काठमाडौं, चैत २१ । सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ । १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ । 

आज १३२ कम्पनीको सेयरमूल्य घटेको छ भने १०३ को बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ ।  

घटेको बजारमा पनि गुराँस लघुवित्त र वीन नेपाल लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । मानुषी र गणपति लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । 

आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको यो कम्पनीको सेयर २५ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ । दोस्रोमा सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । 

यस्तै शिवम् सिमेन्टको ९ करोड, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स तराई, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जीलगायत छन् ।   

सम्बन्धित समाचार