काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँगको सहकार्यमा एनएमबि सफ्ट पसको प्रयोगमा ल्याएको छ । उक्त प्रविधिलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
सफ्ट पस अत्याधुनिक प्रविधि हो । यसले भौतिक मेसिनबिनै आफ्नो एनलएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन् ।
पाटाले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन क्षेत्रका सरोकारवालाको प्रतिनिधित्व गर्छ । यो सहकार्यको उद्देश्य पाटाका सदस्यलाई प्रविधिमैत्री बनाउनु रहेको बैंकले जनाएको छ ।
एनएमबि सफ्ट पसको प्रयोगले पर्यटक र ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् । प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिने बताइएको छ ।
बैंक र पाटाको संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरिएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
