Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखेको हो ।

सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार