काठमाण्डौ : मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २३ गतेको बैठकले यो निर्णय गरेको हो।
सभा आगामी पुस २१ गते दिउँसो ठीक १ बजेदेखि काठमाण्डौ, पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा हुनेछ।
सभामा मुख्य रूपमा निम्न प्रस्तावहरू पेश गरी पारित गरिने छन्:
- गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई १५% बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९% नगद लाभांश (कुल १५.७८९% नगद सहित) वितरण गर्ने।
- बोनस सेयर जारी गरेपश्चात् कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने तथा सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव।
- अध्यक्षबाट पेश हुने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने।
- २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरू (नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित) र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने।
- आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
- संस्थापक सेयरधनी समूहबाट ५ जना सञ्चालकको निर्वाचन गर्ने।
- सञ्चालक समितिबाट भएको सम्पूर्ण कामकारबाही अनुमोदन गर्ने।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई सेयर अभौतिक खातामा कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।
