काठमाण्डौ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्न मंसिर २६ गते अनुमति प्रदान गरेको हो।
संस्थाको सञ्चालक समितिको बैठक मंसिर ९ गते बसेर आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट करसहित ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि उक्त लाभांश कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।
