Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मन्दाकिनी हाइड्रोपावरको लाभांश नदिने निर्णय, साधारण सभा पुसमा"

मन्दाकिनी हाइड्रोपावरको लाभांश नदिने निर्णय, साधारण सभा पुसमा"

अर्थ प्लस
मन्दाकिनी हाइड्रोपावरको लाभांश नदिने निर्णय, साधारण सभा पुसमा"

काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव नसमेटी १२औं वार्षिक साधारण सभाको मिति तय गरेको छ।

मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो १:३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा हकप्रद सेयर स्वीकृतिअनुसार पूँजी समायोजन अनुमोदन, चुक्तापूँजी तथा फ्रि रिजर्भभन्दा बढी हुने गरी बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, र गत वर्ष विभिन्न कम्पनीमा गरिएको लगानी अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, तापखोला जलविद्युत आयोजना अघि बढाउन सहायक कम्पनी दर्ता गर्ने, नियामक निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन वा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

सम्बन्धित समाचार