Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ – सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आगामी पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर जारी गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २५ गते प्राप्त स्वीकृतिअनुसार कम्पनीले कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

यसअन्तर्गत, जारी पूँजीको १० प्रतिशत अर्थात ६ लाख ८९ हजार ६७५ कित्ता सेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता सेयर बिक्री गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि यही सीमा भित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आवेदन अवधि छिटोमा पुस २३ गतेसम्म र ढिलोमा माघ ८ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा पुस १४ गतेसम्म र ढिलोमा पुस २३ गतेसम्म रहनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा, साथै कम्पनीको थापाथलीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले लिएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ उपलब्ध गराउनेछ।

सम्बन्धित समाचार