Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

अर्थ प्लस
स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

काठमाण्डौ – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको सञ्चालक समितिको ४६९औं बैठक, मंसिर २९ गते बसेको, उक्त सभाको निर्णय गरेको हो।

सभा आगामी पुस २५ गते शुक्रबार बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा सुरु हुनेछ। सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, बोनस सेयर जारी गरेर कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड कायम गर्ने, संस्थापक सेयरमध्ये ९ प्रतिशतलाई सर्वसाधारण सेयरमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० बाट ५१ः४९ मा समायोजन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। साथै, आवश्यक परेमा अन्य “घ” वर्गका लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभामा अध्यक्षद्वारा प्रस्तुत आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ। साथै, स्वतन्त्र सञ्चालक तथा प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ।

लाभांश वितरण तथा साधारण सभाको प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार