Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेशनल लघुवित्तको लाभांश घोषणा

नेशनल लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
नेशनल लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१ का लागि लाभांश घोषणा गरेको छ। पुस १ गते बसेको सञ्चालक समितिको १९३औं बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले गत आवसम्मको नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार