काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश रहेको छ। लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
