Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल सेयर बजार लगानीकर्ता संघद्वारा रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप झुठो ठहर

नेपाल सेयर बजार लगानीकर्ता संघद्वारा रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप झुठो ठहर

अर्थ प्लस
नेपाल सेयर बजार लगानीकर्ता संघद्वारा रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप झुठो ठहर

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङ मिल्ससँग ‘बार्गेनिङ’ गरेको भन्ने आरोपलाई भ्रामक र निराधार ठहर गरेको छ। संघका महासचिव रबिन कँडेलले जारी गरेको वक्तव्यमा संघ तथा पदाधिकारीलाई बदनाम गर्ने उद्देश्यले लगाइएको आरोपको खण्डन गरिएको छ।

महासचिव कँडेलले आफू वा संघका कुनै पनि पदाधिकारी अवाञ्छित वा गैरकानूनी ‘बार्गेनिङ’मा संलग्न नभएको स्पष्ट पारेका छन्।

संघले पूँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डले ऐनविपरीत गरेका निर्णयविरुद्ध न्यायिक प्रक्रियामा जाँदा रिलायन्स स्पिनिङ मिल्सलगायतका पक्षसँग ‘बार्गेनिङ’ गरिएको भन्दै लगाइएको आरोपप्रति आपत्ति जनाएको छ।

बरु, न्यायिक प्रक्रियालाई प्रभावित पार्न संघका पदाधिकारीलाई धम्की, मानसिक दबाब तथा सामाजिक सञ्जालमार्फत लोभ्याउने प्रयास भएको संघले आरोप लगाएको छ। संघले पूँजीबजार सुधारको पक्षमा मात्र क्रियाशील रहेको र कुनै स्वार्थ केन्द्रित गतिविधिमा संलग्न नरहेको पनि स्पष्ट पारेको छ।

मुख्य अंशहरू:

  • रिलायन्स स्पिनिङ मिल्ससँग ‘बार्गेनिङ’ गरेको भन्ने आरोप भ्रामक भएको संघको दाबी।

  • यदि गैरकानूनी संलग्नताको प्रमाण भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिन आह्वान।

  • छानबिनका लागि नेपाल सरकार र नेपाल प्रहरीसँग सहकार्य गर्न संघ तयार।

 

सम्बन्धित समाचार