Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको १७९ औं बैठक पुस ८ गते बिहान ८ बजे बसेर गत आवको वितरणयोग्य नाफाबाट लाभांश घोषणा गरेको हो।

बैठकले कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ, जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार