काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सेयरधनीहरूलाई निराश बनाएको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न वित्तीय विवरण पारित गर्दै सो विवरण राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ।
