काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१/८२ सम्मको सञ्चित नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै, लाभांश वितरणको प्रस्ताव विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिका लागि पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
