Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा २२ गुणा बढी आवेदन

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा २२ गुणा बढी आवेदन

अर्थ प्लस
रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा २२ गुणा बढी आवेदन

काठमाण्डौ । विवादास्पद बनेको रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। कम्पनीले प्रतिसेयर ८२० रुपैयाँ ८० पैसा तोकेको महँगो आइपीओमा न्यूनतम ५० कित्ता अर्थात् करिब ४१ हजार रुपैयाँ लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइपीओ खुलेको चौथो दिनसम्म कम्पनीको सेयरमा मागभन्दा २२.३७ गुणा बढी आवेदन परेको छ। आज बिहानसम्म १६ अर्ब ९८ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८७ हजार कित्ताका लागि आवेदन दर्ता भएको छ।

कम्पनीले पुस ७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो। यसअन्तर्गत ५७ हजार ७९८ कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरिएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

महँगो मूल्य निर्धारण भए पनि सर्वसाधारण लगानीकर्ताले उत्साहपूर्वक आवेदन दिइरहेका छन्। आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म तोकिएको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड यस आइपीओको बिक्री प्रबन्धक रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ’मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार