Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायोजन

नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायोजन

अर्थ प्लस
नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। रुरु जलविद्युत, मिड सोलु हाईड्रोपावर, स्वावलम्बन लघुवित्त तथा चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयर वितरणका कारण सेयरमूल्य समायोजन भएको हो।

  • रुरु जलविद्युत: समायोजनपछि प्रतिकित्ता मूल्य ६६०.९१ रुपैयाँ कायम भएको छ, जुन पहिले ७२७ रुपैयाँ थियो। कम्पनीले १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांशसहित कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

  • मिड सोलु हाईड्रोपावर: १५ प्रतिशत बोनस सेयरका कारण मूल्य समायोजन भई प्रतिकित्ता ७९८.२६ रुपैयाँ कायम भएको छ। पहिले मूल्य ९१८ रुपैयाँ थियो। कम्पनीले १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

  • स्वावलम्बन लघुवित्त: समायोजनपछि प्रतिकित्ता मूल्य ७२७.०२ रुपैयाँ कायम भएको छ, जुन पहिले ७६८ रुपैयाँ थियो। कम्पनीले ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

  • चन्द्रागिरी हिल्स: समायोजनपछि प्रतिकित्ता मूल्य ८४३.८१ रुपैयाँ कायम भएको छ, जुन पहिले ८८६ रुपैयाँ थियो। कम्पनीले आव २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सम्बन्धित समाचार